शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ तपाईंको आजको राशिफल

बिहीबार, २० जेठ २०७८, ०५ : ५६
बिहीबार, २० जेठ २०७८

विसं २०७८ साल जेठ २० गते बिहीबार । इस्वी सन् २०२१ जुन ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– अष्टमी, ०० घडी ४४ पला, बिहान ०५ बजेर २८ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाभाद्रपदा, ४३ घडी १४ पला, बेलुकी १० बजेर २८ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– विश्कुम्भ, ०४ घडी १४ पला, बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त प्रीति । करण– कौलव, बिहान ०५ बजेर २८ मिनेट उप्रान्त तैतिल, बेलुकी ०५ बजेर ३५ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–कुम्भ, बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त मीन । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी २१ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना  छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरमा थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । कामका सवालमा उठ्ने गोप्य कुरा बाहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारीसाधनको प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाइ हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइने ग्रहयोग छ । दाजुभाइसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । साँझपख समय मध्ययम रहेकाले घर जग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
 
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
आत्मीय मित्र तथा साथीभाइको सहयोगले सकारात्मक काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्य आम्दानी गर्न सकिनेछ । 

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
सामाजिक काम समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीहरूलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ ।


मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाँती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । मायाप्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । साँझपख समय राम्रो रहेकाले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप