बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रातु खोलाको दोहन रोक्न माओवादी नेताको माग

बुधबार, १९ जेठ २०७८, २२ : ३६
बुधबार, १९ जेठ २०७८

नेकपा (माओवादी) का नेता गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र  जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वमन्त्री पोखरेलले आज प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस) र भंगाहा–४ रामनगरस्थित रातु खोलामा क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७  उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन  भइरहेकामा ध्यानाकर्षण पनि गराएका छन् ।

अनियन्त्रित खोलाको दोहनले पानीको स्रोत(पिउने पानी र सिंचाइ) समेत दीर्घकालीन असर पार्ने भएकाले सो कार्य तत्कालै रोकी कारवाही अगाडि बढाउन बर्दिवास नगरपालिका, भंगाहा नगरपालिका र सरोकार पक्ष सबैमा उहाँले विशेष अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप