सगरमाथामा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौंमा
बुधबार, १९ जेठ २०७८, १६ : ३७
सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ । स्वीस नागरिक अब्दुल वारिचोको शव काठमाडौं ल्याइएको हो । उनको शव सगरमाथाको क्याम्प २ सम्म ल्याएर त्यसपश्चात लुक्लासम्म ल्याइएको थियो । लुक्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।
सगरमाथा आरोहण गरी फर्किने क्रममा ८ हजार मिटर माथि क्याम्पमा वारिचोको ज्यान गएको थियो । आरोहण गरेर फर्किने क्रममा उनीसँगै १० जना शेर्पाहरु रहेका थिए । पोस्टमार्टममार्फत उनको शव दूतावासमार्फत परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ