बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

घट्दै सक्रिय संक्रमित : ५३१६ संक्रमित थपिँदा ७२१९ जना निको भए

बुधबार, १९ जेठ २०७८, २१ : ००
बुधबार, १९ जेठ २०७८

पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जम्मा १६ हजार ८७८ जनाको परीक्षण गरिएको थियो जसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ । सक्रिय संक्रमित मध्ये ९५ हजार १३१ होम आइसोलेसनमा, ६ हजार ८६२ संस्थागत आइसोलेसनमा, १ हजार ४४६ जना आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन् । नयाँ संक्रमितभन्दा निको हुने बढ्न थालेपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ । संक्रमित मध्ये ४ लाख ६१ हजार ५६३ जना निको भएका छन् ।

यही अवधिमा थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट ७ हजार ५५५ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप