बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

श्रीलंकाको समुद्रमा रसायन बोकेको जहाज डुब्ने क्रममा, ठूलो वातावरणीय क्षति निम्त्याउने चिन्ता

बुधबार, १९ जेठ २०७८, १४ : २१
बुधबार, १९ जेठ २०७८

ठूलाे मात्रामा रसायन बोकेको कार्गो जहाज श्रीलंकाको तट नजिकै दुर्घटनाग्रस्त बनेर डुब्ने क्रममा रहेको छ । यसले ठूलो वातावरणीय क्षति निम्त्याउने चिन्ता व्यक्त गरिएको छ । सिंगापुरमा रजिस्टर भएको एक्स–प्रेस पर्लमा दुई हप्तादेखि आगलागी भइरहेको थियो । यो जहाज डुबे सयौँ टन इन्धन समुद्रमा चुहिने जसले जल जीवनमा ठूलो असर पर्ने बताइएको छ ।

श्रीलंका र भारतका जल सेनाहरुले जहाजमा लागेको आगो नियन्त्रणमा लिन र त्यसलाई डुब्नबाट रोक्न प्रयास गरिरहेका थिए । तर, मनसुनको हावा र पानीले उक्त अपरेशनलाई असर गरेको थियो । ‘जहाज डुब्ने क्रममा रहेको छ । जल जीवनमा कम असर परोस् भनेर यसलाई गहिरो समुद्रतिर तान्ने प्रयास भइरहेको छ,’ श्रीलंका जलसेनाका प्रवक्ता कप्तान इन्डिका सिल्भाले बीबीसीसँग कुरा गर्दै भने ।

सिंगापुरको एक्स–प्रेस सिपिङ कम्पनीले जहाजको चालक दलका सदस्यहरुलाई इन्धन चुहिएको बारेमा जानकारी भए पनि भारत र कतारले आगलागीभन्दा अघि जहाज छाड्ने अनुमति नदिएको बताएको छ । श्रीलंकाले भने आफ्नो देशको जल क्षेत्रमा जहाजलाई आउन दिएको थियो । यसको जनस्तरमा ठूलो आलोचना भएको थियो ।

अधिकारीहरुले जहाजका कप्तान र अन्य सदस्यहरुलाई उद्धार गरी उनीहरुविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । श्रीलंकाको प्रहरीले उनीहरुलाई १४ घण्टासम्म सोधपुछ गरेको थियो । अदालतले पनि उनीहरुलाई देश छाडेर जान नपाउने आदेश जारी गरेको छ ।

१८६ मिटर लामो जहाजमा १४८६ कन्टेनरमा २५ टन नाइट्रिक एसिडका साथै अन्य रसायनहरु रहेका छन् । जहाज गत १५ मेमा भारतको हजारियाबाट हिँडेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप