शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकता विपरित गतिविधि गरेको भन्दै सीपी मैनालीका चार नेता निस्कासित

मङ्गलबार, ३१ असोज २०७४, २० : २०
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं– सीपी मैनाली नेतृत्वको नेकपा मालेले पार्टीका तीन जना पोलिटब्यूरो सदस्यसहित चार केन्द्रीय नेतालाई पार्टीबाट निस्कासित गरिदिएको छ । 

मैनालीको अध्यक्षतामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टी पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउबा, गङ्गाप्रसाद चौधरी र विरेन्द्र थपलिया तथा के सदस्य सीता महत देउवालाई पार्टीबाट निस्कासित गरेको हो । 

मैनाली बाम एकता अभियानमा सहभागी हुँदै एमालेसँग चुनावी तालमेल गरेपछि पार्टीका केन्द्रीय नेताहरु असन्तुष्ट भएका थिए ।

पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिमा सकृय रहेको भन्दै पार्टी विधान बमोजिम कार्यवाही गरी सबै जिम्मेदारीबाट पदच्युत गरी पार्टी सदस्यताबाट समेत निष्कासित गरेको मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप