शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फुलबारीको साधारण सभा, पत्रकार भुसाल पुरस्कृत

मङ्गलबार, ३१ असोज २०७४, १९ : ५८
मङ्गलबार, ३१ असोज २०७४

प्यूठान – फुलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैरा प्यूठानको १९ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त सस्ंथाले यसै वर्षबाट सहकारी पत्रकारिता पुरस्कारको स्थापना गर्दै पहिलो सहकारी पत्रकारिता पुरस्कार पत्रकार राधिका भुसाललाई प्रदान गरेको छ ।

 सहकारीमा २०५४ सालमा १३ जना युवाहरुको सक्रियतामा स्थापना भएको संस्थामा हाल करिब ४ हजार बराबर शेयर सदस्यहरु आत्रद्ध रहेका छन् । ‘सानो बचत ठुलो काम आफ्नै हातले जोडौं माम’ भन्ने मुल नाराको साथ स्थापना भइ आर्थिक, सामाजिक र सांस्कृतिक सुधार ल्याउनका लागि प्यूठानका मुख्य बजार क्षेत्रसंगै ग्रामीण क्षेत्रमा पनि यस संस्थाले सेवा विस्तार गर्न सफल भएको संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले बताए । 


संस्थाका उपाध्यक्ष सुशिल पोख्रेलको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका सहकारी डिभिजन दाङका प्रमुख विनोद कुमार पौडेलले सहकारीले पूर्ण रुपमा मानिसको जीवनशैली नै परिवर्तन गर्ने बताए । 


उक्त साधारणसभा संस्थाका सचिव मोहन सुवेदीले प्रगति प्रतिवेदन, संस्थाका कोषाध्यक्ष रमेश कुमार आचार्यले आर्थिक प्रतिदेवन प्रस्तुत गरेका थिए भने नेत्रमणि आचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । संस्थाले आयमुलक कार्यका लागि बिना धितो जमानीमा ऋण उपलब्ध गराउदै आएको  प्रतिवेदनमा उल्लेख छ । 


साधारण सभामा विशिष्ट अतिथिको रुपमा पुगेका जिल्ला सहकारी संघका अध्यक्ष ओमभक्त पण्डितले प्यूठान जिल्लाका हरेक प्रवृतिका सहकारीले राम्रोे भुमिका खेल्दै आएको बताए । 


फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैराका व्यवस्थापक प्रकाश बैधले सञ्चालन गरेको साधारण सभाबाट उत्कष्ृत कर्मचारी दीपा पौडेल, उत्कृष्ट बचत कर्ता कमला श्रेष्ठ, उत्कृष्ट बाल बचत कर्ता गरिमा खड्का, उत्कृष्ट सञ्चालक निर्मला पोख्रेल, उत्कृष्ट समुह जाल्पाथान लघुवित्त समुह, उत्कृष्ट सुझाव कर्ता नरेश्वर लम्साल र असल ऋणि रेशम बस्नेतलाई पुरस्कृत गरेको छ भने तुकमान गिरीलाई पनि जेष्ठ नागरिकको रुपमा सम्मान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप