शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

समाजवाद विरोधी भन्दै उत्तर कोरियाले श्रीमती र छोराछोरी सामुन्ने दियो एक व्यक्तिलाई मृत्युदण्ड

बुधबार, १९ जेठ २०७८, ११ : ४६
बुधबार, १९ जेठ २०७८

उत्तर कोरियामा दक्षिण कोरियाली फिल्म र संगीतको अवैध बिक्री–वितरण गर्ने एक व्यक्तिलाई समाजवाद विरोधी भन्दै मृत्युदण्ड दिइएको खुलासा भएको छ । वन्सान फार्मिङ म्यानेजमेन्ट कमिसनमा प्रमुख इन्जिनियरका रुपमा कार्यरत लि नाम गरेका व्यक्तिलाई गुप्तचरहरुले पक्राउ परेका थिए । उनलाई श्रीमती, छोरी र छोराकै अगाडि गोली हानियो । दक्षिण कोरियाबाट सञ्चालित डेली एनके सञ्चारमाध्यमका अनुसार यी व्यक्तिबाट दक्षिण कोरियाली फिल्म र संगीतहरु लोड गरिएका डिभाईस बरामद गरिएको थियो ।

‘लिले मृत्युदण्डअघि आफ्नो अपराध स्विकार गरेको बताइएको छ । उनले ५ डलरमा सिडी र १२ डलरमा युएसभी स्टिक्स बेचेको बताएका थिए,’ उत्तर कोरियाबारे केन्द्रीत रहेर समाचार प्रकाशित गर्ने डेली एनकेले जनाएको छ ।

लिलाई अप्रिलको अन्त्यमा ५ सय व्यक्तिहरु साक्षी राखेर गोली हानेर मारिएको थियो । उनकै परिवारका सदस्यहरु पनि साक्षी थिए । ‘जब लिकी विक्षिप्त श्रीमतीलाई चारजना सुरक्षा गार्डले लगेज फ्याँकेजसरी कार्गो भ्यानमा फ्याँके । तब, आफन्त र छिमेकीको आँखामा आँशु छल्किएको थियो । तर उनीहरुले मुख बन्द गर्नुपर्ने र शान्त बस्नुपर्ने बाध्यता थियो । किनकी, कुनै प्रतिक्रिया देखाउँदा उनीहरुविरुद्ध पनि आपराधिक कानून लाग्थ्यो ।’

गत वर्ष लागु गरिएको ‘एन्टी(रियाक्सनरी थट कानून’ अन्तर्गत समाजवादविरोधी कार्यका लागि दोषी पाइएकाले उनलाई गोली हानिएको हो । ‘ग्याङवन प्रान्तमा समाजवाद विरोधी कार्यका लागि यो पहिलो मृत्युदण्ड हो,’ अधिकारीहरुले जारी गरेको र डेली एनकेले रिप्रिन्ट गरेको विज्ञप्तिमा उल्लेख छ,‘विगतमा लिजस्ता मानिसहरुलाई श्रम शिविरमा लगिन्थ्यों ।  समाजवाद विरोधी कार्यका लागि  हल्का सजाय हुन्छ भन्ने ठान्नु तपाईको ठूलो भूल हुनेछ । हाम्रो समाजवाद ध्वस्त गर्ने प्रयासमा रहेका मानिसहरुलाई यस्तो प्रतिक्रियावादी हर्कतले सहयोग गर्छ । हाम्रो समाजमा भय बिना प्रतिक्रियाहरु बाँच्न पाउँदैनन् ।’

कार्गो ट्रकमा हालिएका लिकी श्रीमती, छोरा र छोरी भने विक्षिप्त अवस्थामा थिए । उनीहरुलई रक्षा मन्त्रालयका अधिकारीहरुले राजनीतिक बन्दी गृहमा लेखेको समाचारमा उल्लेख छ । ‘आजको दिनमा यदी तपाई दक्षिण कोरियाली भिडियो हेर्दै गरेको अवस्थामा पक्राउ पर्नुभयो भने तपाईले या आजीवन कारावास वा मृत्युदण्ड पाउनुहुन्छ । त्यसैले अब फेरि को मरिन्छ भन्ने कसैलाई थाहा छैन,’ स्रोतले डेली एनकेसँग भन्यो,‘यदी कसैले कोरियन फिल्म हेरेको देख्दा देख्दै पनि र तपाईले अधिकारीहरुलाई रिपोर्ट गर्नुभएन भने तपाईमाथि ७ वर्ष जेलसजाय हुनसक्छ । पुरै जनसंख्या त्रासमा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप