क्रिकेटको उपाधी रत्न युथ क्लबले उचाल्यो
मोरङ – पथरी शनिश्चरे मोरङ स्थित वीरेन्द्रनगर क्रिकेट क्लबले आयोजना गरेको पूर्वाञ्चल स्तरीय सातौं वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेटको उपाधि रत्न युथ क्लब पथरीले उचालेको छ ।
आज(मंगलबार) सम्पन्न फाइनल खेलमा पथरी शनिश्चरे ११ लाई ६४ रनको अन्तरले पराजित गर्दै रत्नले उपाधि जितेको हो ।
रत्न युथ क्लबले पथरी शनिश्चरे—११ लाई १ सय २१ रनको चुनौति दिएको थियो । टस हारेर ब्याटिङ पाएका रत्न युथ क्लबले १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय २० रनको योगफल तयार पारेको थियो । रत्नका लागि रोनित सिंहले २७ र अमृत सिंहले २२ रन बनाएका थिए । रत्न युथ क्लवका लागि मेहबुब आलम, विजेन्द्र झा, अमृत सिंह र प्रवेश कामतीले २÷२ विकेट लिए ।
पथरी शनिश्चरे ११ का लागि राकेश दाहालले १६ र राजु राईले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । पथरी शनिश्चरेले १३ दशमलब ४ ओभरमा मात्र ५६ रनमा थन्किएको थियो । पथरी शनिश्चरे ११ का सुमन इजम लिम्बु र संकर भुजेलले समान ३÷३ विकेट लिए ।
उपाधिसँगै रत्न युथ क्लबले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता पथरीशनिश्चरे ११ ले नगद ३१ हजार लगायतको पुरस्कार प्राप्त गरे ।
फाइनल खेलको म्यान अफ द म्याच बिजेता रत्न युथका अमृत सिंह घोषित भए । त्यस्तै, म्यान अफ द सिरिज घोषित तथा वेष्ट व्याट्सम्यान भएका रत्नकै निरितिया खडोलियाले १० हजार रुपैयाँ बराबरको मोबाईल प्राप्त गरे ।
प्रतियोगिताको वेष्ट वलर उपविजेता पथरी शनिश्चरे ११ का सुमन इजमलिम्बु र वेष्ट फिल्डर आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबका विवेक कोइराला घोषित भए ।
असोज १९ गतेबाट संचालन भएको प्रतियोगितामा पूर्वाञ्चलका १९ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव