शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीराम सुगर मिलले ऊखुको भुक्तानी किन दिएन ?

मङ्गलबार, ३१ असोज २०७४, १८ : ४९
मङ्गलबार, ३१ असोज २०७४

रौतहट – गरुडास्थित श्रीराम शुुगर मिलले लोकपर्व दिपावली र छठको अवसरमा पनि ऊखु बापतको भुुक्तानी दिन दिएको छैन । किसानलाई आश्वासन मात्र दिने उद्योगीले बिभिन्न बहानामा  भुुक्तानी नदिएका कारण  किसानहरु    आक्रोसित बनेका हुन ।


 उद्योगपति गोल्छा र ललित अग्रवाल बर्षां बित्न लाग्दासम्म करिब २२ करोड रुपैयाँको भुुक्तानी दिन न सकेको ऊखुु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।


आव २०७२/ ०७३ को ऊखु बापतको एक करोड, २०७१/ ०७२ को तीन करोड र त्यसअघिको १८ करोड गरी कुल २२ करोड रुपैयाँ  मिलले तिर्नुुपर्ने रहेको अध्यक्ष यादवले बताएका छन ।


बर्षौं देखि भुुक्तानी न पाएर गत बैशाखमा किसानहरुले मिलमा तालाबन्दी गरेको थियो । लगत्तै उधोगीले दशैंसम्म सम्पुुर्ण रकम भुुक्तानी गर्ने बताए पनि हालसम्म भुुक्तानी न दिएको एकजना किसान रामभरोसी यादवले बताए । उद्योगीको बदमासीले आउँदो सिजनमा श्रीरामलाई जिल्लाका किसानले ऊखुु नदिने संघले निर्णय गरेको छ ।


तिहार लगतै चिनी मिलमा पुुनः तालाबन्दी गर्ने योजना रहेको उखु उत्पादक किसान संघले जनाएको छ । तर, उद्योगी श्रीराम शुुगर मिलका महाप्रबन्धक गणेश पाण्डेले  रकम आउना साथ भुुक्तानी सुुरु गर्ने जानकारी दिए।पछिल्लो एकदशक देखि उद्योगपति मिल प्रशासनको लापरवाहीले ऊखुखेती गर्ने हजारौं किसान समस्यामा परेका छन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप