बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा सिमेन्टद्धारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

मङ्गलबार, ३१ असोज २०७४, १८ : ३०
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं – छ सयभन्दा बढी च्यानल पार्टनर्स, १० भन्दा बढी ब्राण्डहरु भएको जगदम्बा सिमेन्टले गुणस्तरीय उत्पादन, उचितमूल्य, सुनिश्चित उपलब्धता, नविन प्रविधि, पछिल्लो पुस्तामा सिमेन्ट प्याकेजिङ्ग तथा उपभोक्ताप्रति उत्तरदायित्व जस्ता विशेषताले गर्दा छोटो समयमा नै नेपालको सर्वाधिक लोकप्रिय सिमेन्टमा गनिन सफल मान्छि ।

७५ जिल्ला भरी फैलिएको सञ्जाल मार्फत उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन तथा सेवाद्धारा लाभान्वित गर्दै आएको यस कम्पनीले नेपालमा पाइने सबै प्रकारको पिपिसि पिएससि, र ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ ।


उपभोक्ताको सेवा तथा सुविधाका लागि अनवरत रुपमा लागिपर्ने आफ्ना डिलर तथा च्यानल पार्टनर्सहरुलाई यही असोज २८ गते विरगञ्जमा करिब २०० भन्दा बढी च्यानल पार्टनर्सहरुको उपस्थितिमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


 उक्त कार्यक्रममा जगदम्बा सिमेन्टका अध्यक्ष शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णु प्रसाद न्यौपाने, कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनर्सहरुलाई विभिन्न पुरस्कार द्वारासम्मान गरेको थियो । भने, कम्पनीका प्रवन्धक निर्देशक शुभश्रीले जगदम्बा सिमेन्टले हाल आफ्नो उत्पादन क्षमतालाई दोब्बर बनाउने बताए । जसले गर्दा २४ हजार बोरा प्रतिदिन उत्पादनबाट निकट भविश्यमानै ५२ हजार बोरा प्रतिदिन उत्पादन गर्ने लक्ष्य रहेको जनाएको छ । 

सिमेन्ट उद्योगमा उनले जगदम्बा विश्वको उच्चस्तरीय प्रविधि भित्र्याउने दोस्रो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको जानकारी दिँदै विरगञ्ज उद्योगबाट उत्पादन हुने आपिसि तथा पिएससि सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने प्रतिबद्धता ब्यक्त गरे । 

त्यस्तै, निकट भविष्यमै तेस्रो उद्योग रुपन्देहीमा स्थापना गरी ६०हजार बोरा प्रतिदिन उत्पादन थप्ने कार्य अझ बढी सकेको बताउँदै आगामी दिनहरुमा जगदम्बा सिमेन्टले आफ्नो उत्पादन क्षमता १ लाख १२ हजारबोरा प्रतिदिन उत्पादन पुर्याउने लक्ष्य लिएको प्रस्ट्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप