आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह

मङ्गलबार, १८ जेठ २०७८, २० : १७
मङ्गलबार, १८ जेठ २०७८

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्याउने अभियान चलाइएका जनाइएको छ । 

जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिक रुपमा निःशुल्क उपलब्ध गर्दै आएको छ । सो संस्थाले गत वैशाख २६ गतेदेखि काठमाडौँको वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल, स्वाथ्य चौकीका स्वास्स्थ्यकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई यो सेवा दिइरहेको समूहका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले जानकारी दिइन् ।
सो समूहको सक्रियतामा चन्द्रागिरी नगरपालिकाभित्रका चार आइसोलेशन सेन्टरमा रहेका दैनिक बिहानको नास्ता र पौष्टिक आहार पनि प्रदान हुँदै आएको छ । “हजुरहरू एक्लो हुनुहुन्न, हामी साथमा छौं, आफू पनि बाँचौ अरूलाई पनि बचाऔँ’’ नाराका साथ समूहले ताजा र सन्तुलित भोजन उपलब्ध गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप