आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

थापाको निधनसँगै विवेकशील साझाको आकस्मिक बैठक : यस्ता छन् निर्णय

मङ्गलबार, १८ जेठ २०७८, १८ : १४
मङ्गलबार, १८ जेठ २०७८

विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको सो पार्टीले जनाएको छ ।  थापाको निधनपछि बसेको सो पार्टीको आकस्मिक बैठकले निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकपछि पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले जारी गरेको विज्ञप्तिमा बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा  प्रत्येक सदस्य र शुभचिन्तकहरुलाई कम्तीमा एउटा वृक्षारोपण गर्न आह्वान गरेको उल्लेख गरिएको छ । साथै, यही बिचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाइने छ । 

‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ’, मिश्र र पाण्डेको विज्ञप्तिमा भनिएको छ, ‘खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।’ 

थापाले अंगले सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने समेत प्रतिबद्धता जनाइएको छ । 
पार्टीले  पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि आभार व्यक्त गरिएको छ । 

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज साँझ ४ः २५ बजे निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप