शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौडामा ऐश्वर्या युनिट, दीपिकाले भनिन्–मेरो भूमिका सुपरमोडल

मङ्गलबार, ३१ असोज २०७४, १७ : २४
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं –‘ऐश्वर्या’ प्रचारका लागि मोफसल टुरमा निस्किएको निर्माण युनिटले आज मंगलबार चलचित्रको हेटौडामा प्रचार गरेको छ । एक पत्रकार भेटघाटसहित प्रचारप्रसारमा उत्रिएको युनिट पोखरा र चितवन पछि हेटौडा पुगेको हो ।

रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं र निर्मल शर्मासँगै चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन र चलचित्रका कलाकार निर्माता सुशान्त श्रेष्ठ समेत टोलीमा सहभागी छन् । टोली मंगलबार नै राजधानी फर्किने छ ।

कार्यक्रममा अभिनेत्री दीपिका प्रसाइले डेब्यु चलचित्रमा नै राम्रो रेस्पोन्स आएकोले अगाडि बढ्न हौसला मिलेको बताइन् । उनले कलामा आफ्नो भविष्य देखेको बताउतै ‘चलचित्र भित्र आफू सुपर मोडलको भूमिकामा रहेको खुलाइन् ।’

त्यस्तै, अभिनेता प्रशान्त ताम्राकारले चलचित्रबाट आफूले ह्याण्डसम भिलेनको ट्याग पाएको सुनाउँदै अभिनय पनि राम्रो गरेको दाबी गरे । निर्माता समेत रहेका अभिनेता रमेश उप्रेतीले आगामी दिनमा पनि चलचित्रमा लगानी गर्ने बताउँदै आफ्नो सपना स्तरीय चलचित्र बनाउने रहेको सुनाए । उनले ‘ऐश्वर्या’ सफल भए अन्य पनि चलचित्र निर्माण गर्ने बताए ।

चलचित्र बिकाश बोर्ड सदस्य नरेन्द्र महर्जनले रमेश उप्रेती पुरानो कलाकार भएको बताउँदै रमेशको हर कुरामा अहिले साथ दिएको बताए । उनले चलचित्र ऐश्वर्या  सफल हुने विश्वास ब्यक्त गरे । वितरकसमेत रहेका महर्जनले चलचित्रलाई लिएर हल सञ्चालक उत्साहित रहेको सुनाए । निर्माता तथा कलाकार निर्मल शर्माले ‘ऐश्वर्या आफूले अभिनय गरेको र निर्माण गरेको मध्य यो उत्कृष्ट चलचित्र भएको सुनाए ।

९ कात्तिकबाट प्रदर्शनमा आउने चलचित्र ऐश्वर्यामा रमेश र दीपिकाको अलवा केकी अधिकारी, विकाश खतिवडा, अर्जुन श्रेष्ठ, तेन्जु योन्जन, अर्जुनजंग शाही लगायतको अभिनय रहेको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्मलसँगै किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ पनि लगानी छ ।

अर्जुन पोखरेलको संगीत र राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ । चलचित्र डिसीएनले देशभर वितरण गर्न लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप