गोल्डस्टार जुत्ताको पहिलो आधिकारिक सोरुम सिभिल मल र जमलमा
मङ्गलबार, ३१ असोज २०७४, १७ : १८
काठमाडौं–गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरण सुज म्यानुफ्याक्चररले आफनो पहिलो सोरुम, सुन्धारा स्थित सिभिल मल तथा फ्रयानचाईज सोरुम, जमल स्थित ज्योती मल नजिक उद्घाटन गरेको छ ।
सिभिल मल स्थित सोरुम र जमल स्थित फ्रयानचाईज सोरुम, गोल्डस्टार जुत्ताको देशकै पहिलो आधिकारिक सोरुम भएको बताइएको छ ।
सो सोरुमले बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस गर्नुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गर्ने कम्पनीले जनाएको छ ।
सिभिल मल स्थित सोरुम चौथौँ तलामा अवस्थित छ भने जमल स्थित फ्रयानचाईज सोरुम, ज्योति मल नजिकै अवस्थित छ ।
कम्पनीका बजार निर्देशक वीदुशी राणाले , ग्राहकवर्गको बढदो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले भर्खरै नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको जानकारी दिइन् ।