बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो सौगात र बेनिशाको ‘झ्यानाकुटी’

मङ्गलबार, ३१ असोज २०७४, १७ : १२
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं –अभिनेत्री निसा अधिकारीले निर्माण गरेको सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका रहेको चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो । कमेडी बिषयबस्तु समेटिएर तयार पारिएको ट्रेलरमा चलचित्रका केही महत्वपुर्ण बिषयबस्तु राखिएका छन् ।

सिमोस सुनुवारको निर्देशन रहेकोयो चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । आलु प्रोडक्सनको पहिलो प्रस्तुति रहेको चलचित्र १ मंसिरमा रिलिजमा आउँदैछ । 
सौगात र बेनिशाको अलवा पुस्कर गुरुङ, सुमी मोक्तान लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा प्रदीप भारद्धाजको कथा र हरि हुमागाईको छायाँकन रहेको छ ।

– कार्यक्रममा अभिनेता सौगातले अन्य चलचित्र भन्दा झ्यानाकुटी फरक रहेको बताए । 

 – अभिनेत्री बेनिशा हमालले आफ्नो चलचित्र करियरलाई झ्यानाकुटीले फड्को मार्न सहयोग पुग्ने बताइन् ।

– अभिनेत्री निसाले यसै चलचित्रबाट निर्माणमा हात हालेको बताउँदै अभिनय भन्दा निर्माण दुःखको पाटो रहेको बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप