सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेती अस्पतालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १७ जेठ २०७८, १८ : ००
सोमबार, १७ जेठ २०७८

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षण थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा २ सय  ८१ नमुनाको परीक्षण गर्दा  ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । 
जसमध्ये  २ सय ४३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए । अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १६७ पुगेको छ उपचाररत बिरामी ५१ जना रहेका छन् । कोरोनाको दोश्रो लहर सुरु भएयता सो अस्पतालबाट निको हुने बिरामीको संख्या ९ सय १ रहेको छ ।

अस्पतालका अनुसार हालसम्म १ लाख ४ सय २७ जनामा पिसिआर परिक्षण गर्दा १७ हजार ७ सय ४ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ भने ८२ हजार ७ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप