सरकारमाथिको आक्रमण छेक्न युवा संघलाई ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
‘हामीमाथि चारैतिरबाट सरवर्षा भइरहेको छ । ती सरवर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताए ।
‘एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’, प्रधानमन्त्री ओलीले भने ।
उनले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै उनले त्यो घातक हुने बताए । ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौ । हामी मर्यादित पत्रकारिताको पक्षमा रहेका छौ’, प्रधानमन्त्रीको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री
-
मधेशी एकता समाजले कतारमा मनायो नयाँ वर्ष र बकर ईद
-
विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: देउवा
-
मर्मत नभएर अधिकांश कृषि मेसिन प्रयोगविहीन, जनशक्ति उत्पादनमा जोड दिइँदै (भिडियो)
-
नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव
-
लगानी सम्मेलनः द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता