प्रदेश सरकारको भनाई र गराई फरक देखियो : पूर्वमन्त्री दुलाल
बागमती प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले प्रदेश सरकारले सिद्धान्त अनुसारको निति कार्यक्रम तथा बजेट विकास गर्न नसकेको बताएका छन् । उनले सोमबार बसेको प्रदेशसभा बैठकमा नीति कार्यक्रम तथा बजेटको सिद्धान्तका बारेमा बोल्दै प्रदेश सरकारले सिद्धान्तमा उल्लेख भए अनुसारका कार्यक्रमहरु समावेश भएर सरकारको नीति कार्यक्रम र बजेट आउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् ।
चालू आर्थिक वर्षमा संघीय सरकारले सबैभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कुल बजेटको २३ प्रतिशत बजेट छुट्याएको छ । तर प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै करिब १३ प्रतिशत मात्र बजेट छुट्याएको उनले बताए ।
प्रदेश सरकारको भनाई र गराई फरक भएको भन्दै चालू आर्थिक वर्षमा भौतिक विकासमा सबैभन्दा बढी ३४ प्रतिशत बजेट विनियोजन गरेको बताए । प्रदेश सरकारको प्राथमिकताको क्षेत्र सुरुङ मार्ग नभएको भन्दै संघीय सरकार राष्ट्रिय गौरवको आयोजनाहरुको अभ्यासमा रहेको समयमा प्रदेश सरकारको प्राथमिकतामा सुरुङ मार्ग कसरी प्राथमिकतामा पर्यो उनले प्रश्न गरे ।
हाल स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नती प्रदेश सरकार प्राथमिकतामा पर्नुपर्ने उनले बताए । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको स्तरोन्नतीको सम्पूर्ण काम गत वर्ष नै सक्किएको भएपनि कार्यान्वयन गर्न नसकेको उनको भनाई छ ।
गत वर्ष नै स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि भौगोलिक नक्साङ्कन सम्पन्न गरेको र त्यसतर्फ प्रदेश सरकारको प्राथमिकता रहनुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशले कांग्रेस–एमाले गठबन्धन झन् कसिलो, अब विपक्षीको रणनीति के ?
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप
-
४ महिनापछि सुदूरपश्चिम प्रदेश सभाको माघ ६ बैठक बस्दै
-
कार्यपालिकालाई स्थानीय तहका ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार
-
सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविविरुद्ध रूपन्देहीमा शुक्रबार मात्र मुद्दा चलाइने
-
महामन्त्री शर्माको प्रश्न : नागरिकता दिएपछि आफ्नै देशमा १० वर्षे निःशुल्क भिसा किन ?