शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवाज शरिफलाई पदच्यूत गराउने पनामा पेपर्सको खुलासा गर्ने महिला पत्रकारको कार बम हमलामा मृत्यु

मङ्गलबार, ३१ असोज २०७४, १६ : ५९
मङ्गलबार, ३१ असोज २०७४

संसारलाई हल्लाउने पनामा पेपर्स सार्वजनिक गराउन मुख्य भूमिका निभाउने पत्रकार डेफनी केरुआना गलिजियाको मंगलबार कार बम हमलामा मृत्यु भएको छ ।

माल्टामा शक्तिशाली खुफिया पत्रकारको रुपमा पहिचान बनाएकी डेफनीको गाडीमा बम बिस्फोट भएपछि उनको तत्काल मृत्यु भएको हो । उनी आफ्नो घरबाट उत्तर माल्टा जाने क्रममा उक्त घटना भएको बताइएको छ । गलिजिया एक स्वतन्त्र ब्लग चलाउँथिन् जसमार्फत उनी भ्रष्टाचारका विभिन्न मामलाको खुलासा गरिसकेकी थिइन् । डेफनीलाई लेडी विकिलिक्स पनि भनिन्छ ।

मृत्यु हुने केही समय अघिमात्र उनले आफ्नो ब्लगमा यहाँ हरेक ठाउँमा बदमास र स्थिती नियन्त्रण बाहिर भएको लेखेकी थिइन् । डेफनीको मृत्युपछि करिब ३ हजार मानिसले क्यान्डल मार्च पनि निकालेका थिए ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले पत्रकारको मृत्यु भए बर्बर हमला हो जुन अभिव्यक्ति स्वतन्त्रतामाथि पनि हमला भएको बताएका छन् । उनले भने, उनी राजनीतिक र व्यक्तिगत स्तरमा मेरो कटु आलोचक थिइन् तर म उनको हत्याको निन्दा गर्दछु ।’

एनजीओले गरेको थियो खुलासाः

सन् २०१६ को सुरुवातमा अमेरिकास्थित एक एनजिओ खोजी पत्रकार संघ आइसिआइजेले एक सन्सनीपूर्ण खुलासा गरेको थियो । यसमा भनिए अनुसार थुप्रै देश ट्याक्स हेभन बनेका छन् र सबै देशका राजनेता र अन्य क्षेत्रसँग जोडिएका हस्ती यहाँ पैसा लगानी गरेर कर बेचिरहेका छन् । यो खुलासामा थुप्रै फिल्मी र खेल जगतका हस्तीका साथै संसारभरीका करिब १ सय ४० राजनेता, अर्बपतीको लुकाइएको सम्पत्तिको पनि खुलासा भएको थियो । खुलासा गर्ने पत्रकारको समूहमा डेफनी अगुवा पत्रकार थिइन् ।

यो खुलासामा आइसल्याण्ड, युक्रेनका राष्ट्रपति, साउदी अरबका शाह र डेभिड क्यामरुनका पिताको नाम प्रमुख थियो । यसमा साथै भ्लादिमीर पुटिनका नजिकका, अभिनेता ज्याकी च्यान र फुटबलर लियोनेल मेस्सीको नाम पनि थियो । पनामा मामलाका कारण नै नवाज शरिफलाई पाकिस्तानको प्रधानमन्त्रीको पदबाट हटाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप