बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाशिला र बिहादीमा इन्टरनेट

मङ्गलबार, ३१ असोज २०७४, १६ : ०७
मङ्गलबार, ३१ असोज २०७४

पर्वत -यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् । 

बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो । 

बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो । उहाँले हरेक वडामा रु चार लाख ५० हजार बजेट विनियोजन गरी प्रविधियुक्त बनाइएको बताउनुभयो । वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, बेवसाइडका सूचना वडाबाटै तत्काल पाउन सकिएको छ । 

“अब वडामा हामीले तत्काल नीति, निर्देशन, जानकारीलगायतका चिठीपत्र इमेलबाटै पठाउन सक्ने भएका छौँ” उहाँ भन्नुभयो । 

यस्तै, महाशिला गाउँपालिकाले पनि इन्टरनेटलाई विस्तार गरेर वडावडामा पु¥याएको छ । गाउँपालिकाले उपकरण खरिद गरी सबै वडामा इन्टरसेवा विस्तार गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । छवटै वडामा प्रविधियुक्त वाइम्याक्ससहितको इन्टरनेट सेवा जडान गरिएको छ । 

महाशिलाले हरेक वडामा रु एक लाख ५० हजार खर्च गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले पत्राचार गर्ने सबै विषय इमेलमार्फत वडा कार्यालयमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सबै वडा कार्यालयमा इन्टरनेट जडान गरेका यी दुई गाउँपालिकाले छिट्टै व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेका छन् । 

किरिया खर्चको रकमले अक्षयकोष स्थापना 

यहाँको एक परिवारले आफ्ना बाबुको किरिया खर्चको रकम कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । कुश्मा नगरपालिका–५ का टेकनारायण कर्माचार्यको परिवारले उहाँको १३औँ दिनको पुण्य तिथिका अवसरमा अक्षयकोष स्थापना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप