शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुरुङ खनेर रौतहटका ६ घरबाट चोरी

मङ्गलबार, ३१ असोज २०७४, १६ : ०४
मङ्गलबार, ३१ असोज २०७४

रौतहट–रौतहटको मौलापुर नगरपालिकाका ६ घरमा चोरी भएको छ । चोरले ती घरबाट लाखौं मुुल्य बराबरको धनमाल चोरेर लगेका छन् ।

सोमवार राती चोरहरुले सुुरुङ खनेर मौलापुुर नपा १ मर्यादपुुर टोलका हृदय बैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरज तिवारीका घरमा सुुरुङ खनेर  ६ लाख बराबरको धनमाल लगेका हुन् ।

धोबीको घरबाट नगद दुुई लाख,चाँदीको हँसुुली १ थान,चाँदीको गोँडाई २ थान,कानुुको घरबाट नगद ४० हजार, यादवको घरबाट नगद ५० हजार लगेको पीडितहरुले बताएका छन् ।

त्यस्तै महतोको घरबाट नगद एकलाख ५० हजार,  पटवाको घरबाट ६० हजार र  तिवारीको घरबाट नगद एकलाख र एकथान लाभा कम्पनीको साधारण मोबाईल चोरेको पीडित परिवारले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बिजयपुुरका प्रमुख धर्म मुुडभरीले   घटनाबारे छानबीन भईरहेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप