सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिसिल्ड खोपको दोश्रो मात्रा तत्काल लगाउन नपाइने

आइतबार, १६ जेठ २०७८, १९ : ३९
आइतबार, १६ जेठ २०७८

कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले तत्काल दोस्रो मात्रा लगाउन नपाउने भएका छन् । परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार पहिलो चरणको खोप लगाएकाहरुले तत्काल दोश्रो मात्रा लगाउन नपाउने भएका हुन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाइएको ९ देखि १२ हप्ताको बीचमा दोस्रो मात्रा दिने घोषणा गरेको थियो । जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाएको ११ हप्ता नाघिसकेको छ । १२ हप्ताभित्र खोपको दोस्रो मात्रा दिने सम्भावना कम रहेको पोखरेलले बताए ।

यद्यपि, यो खोप पहिलो मात्रा लगाइएको १६ हप्ताभित्र पनि दिइने गरिएको छ । यो खोपको दोस्रो मात्रा १२ हप्ता पछि लगाएपनि काम गर्ने पोखरेलले जानकारी दिए । केही महिनाअघि भारतबाट ल्याइएको यो खोपको थप डोज आउने नआउने निश्चित नभएपछि अन्योल भएको छ । 

सरकारले भारत, चीन, बेलायत, रुस, अमेरिका लगायतका मुलुकबाट खोप ल्याउने कुटनीतिक पहल गरिरहेको छ । अब प्राप्त हुने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने तयारी भइरहेको पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप