शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सलोन र आमेषको ‘रुम नम्बर १०८’

मङ्गलबार, ३१ असोज २०७४, १४ : ३९
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं – ‘ए मेरो हजुर २’ अभिनयबाट धेरैको मन जित्न सफल अभिनेता सलोन बस्नेतले केही चलचित्रमा गीत यसअगाडि नै गाइसकेका छन् ।

अभिनयको अलवा गायनमा पनि आफुलाई प्रस्तुत गर्दै आएका सलोनको स्वरमा एउटा नयाँ गीत तयार भएको छ । ‘रुम नम्बर १०८’ बोलको गीतमा सलोनसँगै अर्का कलाकार आमेष भण्डारीले पनि स्वर दिएका छन् ।

सुरज ब्लुजको कम्पोज रहेको गीतको भिडियोमा पनि बनेको छ । जसमा सलोन, आमेषको अलवा गिरिश खतिवडाले अभिनय गरेका छन् । 

पर्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको भिडियो शिशिर खातीको निर्देशन गरेका हुन्, भने पवन सुस्लिङको छायांकन, राज गौतमको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप