बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारको प्रभाव : पाल्पाली ढाकाको कारोबार बढ्यो

मङ्गलबार, ३१ असोज २०७४, १२ : ५९
मङ्गलबार, ३१ असोज २०७४

सुवास विश्वकर्मा, पाल्पा– तिहार सुरु भएसँगै पाल्पाली ढाकाको कारोबारमा वृद्धि भएको छ । तिहारमा दाजुभाई र दिदीबहिनीलाई ढाकाको कपडाबाट बनेका उपाहार दिने चलन रहेकाले पाल्पाली ढाकाको कारोबार बृद्धि भएको हो ।

पाल्पाली मदनपोखरा ढाका पसलकी संचालिका सितम भण्डारीले तिहारकोे समयमा दैनिक४० देखि ५०हजारसम्मको कारोबार हुने गरेको बताइन् । तिहारका बेला टोपी, आस्कोट, चोली, झोला बढि विक्रि हुने गरेको व्यवसायीहरुको भनाई छ ।

अरु वेला खासै बिक्रि नहुने पाल्पाली ढाका तिहारको समयमा ६ लाख सम्मको व्यापार हुने गरेको उनिहरुको भनाई छ । पाल्पामा उत्पादन भउका ढाकाका सामाग्री पोखरा, काठमाडौँ, धरान, बुटवल, नेपालगञ्ज, काँकडभिट्टा र दार्जिलिङल गायतकास्थानमा निर्यात हुने गरेको छ ।

पाल्पाउद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जिल्लामा पाल्पाली ढाकाबाट वार्षिक १० करोडको कारोबार हुने गरेको बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष ढाकाको कारोबारमा बृद्धि भएपनि सिद्धबाबाको पहिरोको कारण यो वर्ष सोचेजस्तो कारोबार नभएको श्रेष्ठको अनुभव छ । 

ढाका टोपी, चोली, पछ्यौरीमा सिमित रहेको पाल्पाली ढाकामा नयाँ प्रविधि भित्रिएसँगै पछिल्लो समय यसको क्षेत्र पनि फराकिलो भएको छ । अहिले गिफ्टका सामाग्रीसँगै पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाललगायतका ४० प्रकारका सामाग्री उत्पादन हुन थालेका छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप