बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब हेमा मालिनीका कारण बर्बाद भयो शाहरुख–गौरीको विवाहको पहिलो रात

मङ्गलबार, ३१ असोज २०७४, १२ : ४३
मङ्गलबार, ३१ असोज २०७४

शाहरुख खान र गौरीले २५ अक्टोबरमा आफ्नो विवाहको २६ औं वर्षगाँठ मनाउनेछन् । सन् १९९१ मा यी दुबैले हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए । रोचक तथ्य के छ भने उनीहरुको विवाहको पहिलो रात एक फिल्मको सेटमा कटेको थियो र यसका लागि हेमा मालिनी जिम्मेवार थिइन् ।

के भएको थियो त्यस दिन ?

शाहरुख गौरीको विवाह भएको दिन हेमा मालिनीले उनलाई फोन गरेर चाहेको खण्डमा सृुटिङका लागि आउन सक्ने बताइन् । शाहरुख यो सोचेर खुसी थिए कि हेमा मालिनीलाई भेट्नु गौरीका लागि आश्चर्य हुनेछ । गौरी पनि निकै उत्सुक थिइन् । शाहरुख त्यतिबेला हेमा मालिनीको निर्देशन र निर्माणमा बनिरहेको फिल्म ‘दिल आशाना है’ का लागि काम गरिरहेका थिए ।

शाहरुख गौरीलाई लिएर स्टूडियो पुगे । तर हेमा मालिनी त्यहाँ देखिइनन् । त्यहाँ सहायक निर्देशक थिए जसले हेमा मालिनी चाँडै नै आउने बताए । गौरीसँग शाहरुख स्टूडियोको एउटा कोठामा बसेर हेमा मालिनीको प्रतिक्षा गरिरहे ।

राती करिब ११ बजे शाहरुख गौरीलाई मेकअप रुममा छोडेर सुटिङका लागि गए । करिब दुई बजेसम्म सुटिङ चल्यो तर हेमा मालिनी त्यतिबेलासम्म पनि सेटमा आइनन् । थाकेर शाहरुख मेकअप रुममा फिर्ता जाँदा भारी साडी र गहनाले ढाकिएकी गौरी फलामको एक कुर्सीमा नै निदाएको देखे । शाहरुखलाई त्यतिबेला निकै नराम्रो लागेको थियो । यो उनको संघर्षका दिन थिए ।

(स्रोतः मुश्ताक शेखको किताब ‘कहानी शाहरुख खानकी’ बाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप