शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

अब घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने अर्थमन्त्री पौडेलको घोषणा

शनिबार, १५ जेठ २०७८, १७ : २९
शनिबार, १५ जेठ २०७८

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षदेखि घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने बताएका छन् । सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासन सम्बन्धी सेवा बिस्तार गरिने उनको भनाई छ ।  
पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । 

जग्गा सम्बन्धी सबै अभिलेखको डिजीटल प्रविधि भू–अभिलेख सूचना प्रणालीबाट उपलब्ध गराइने उल्लेख गरे । 
यस्तै आगामी आर्थिक बर्षभित्र कित्ता नापी फिल्डबुक प्लट रजिष्टार सम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने गरी मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप