'हाँस न कुखुराको चालमा रेडियो नेपाल'

person access_timeअसोज ३१, २०७४ chat_bubble_outline0

‘साझाबसमा उद्धव राई (गाउँका दाइ) सँग जम्काभेट भयो,’ रेडियो नेपालमा समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेका श्याम राईले अतीत सम्झे, ‘रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा पत्रकारिता पढाइ हुँदै छ । नयाँ विषय हो । त्यसै बस्नुभन्दा पत्रकारिता पढ्नु राम्रो भनेर उद्धव दाइले सुझाए ।’ 

यो संवत् २०४३ सालको कुरो हो । उनी ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ अध्ययन संस्थानबाट रेडियो इलेक्ट्रोनिक्स पूरा गरेर फुर्सदिला थिए । त्यतिबेलासम्म उनी पत्रकारिताबारे अनभिज्ञ थिए । भने, ‘पत्रकारिताबारे केही पनि थाहा थिएन । दाइले नयाँ विषय भनेपछि उत्साहित भएँ । नभन्दै पत्रकारिता विषय लिएर प्रवीणता प्रमाणपत्र तह भर्ना भएँ ।’ उनले त्यहाँबाट पत्रकारितामा स्नातक तहसम्मको पढाइ पार लगाए । 

आरआर क्याम्पसमा पढाइ चलिरहेको थियो । उनी रेडियो नेपालको प्राविधिकमा जागिरे भए । ‘त्यतिबेला रेडियो नेपालको समाचार शाखामा कार्यरतले औपचारिक रूपमा पत्रकारिता विषय पढेका थिएनन्,’ उनले सुनाए, ‘उनीहरूले जागिर थालेपछि मात्रै पत्रकारितासम्बन्धी विदेश गएर तालिम लिएका थिए ।’ त्यतिबेला एफएम रेडियो थिएनन् । रेडियो नेपालको एकाधिकार थियो । त्यसैले रेडियोमा बोल्नेलाई ‘सेलिब्रिटी’ ठानिन्थ्यो । रेडियोमा बोल्ने फलाना कस्तो छन् भनेर स्टुडियोसम्म सोध्दै खोज्दै आउने गरेको उनलाई अग्रज रेडियोकर्मीले सुनाउँथे । 

‘त्यतिबेला ?’ ०६९ देखि अमेरिकाको न्युयोर्कमा रहेका राईले प्रस्ट पारे, ‘रेडियोमा समाचार शाखामात्रै होइन, समाचार संकलन गर्ने संवाददाता नै थिएनन् । समाचारवाचक र सम्पादकमात्रै थिए ।’ राजा स्वदेश तथा विदेश जाँदामात्रै रेडियो नेपालबाट समाचार संकलन र प्रसारणका लागि प्रतिनिधि पठाइन्थ्यो । त्यसबाहेक समाचारको सबै स्रोत राष्ट्रिय समाचार समिति (रासस) मात्रै थियो । त्यतिमात्रै होइन, अन्तर्राष्ट्रिय समाचार संस्था एपी, एएफपी, रोयटर, सिन्ह्वाबाट चौबीसै घण्टा समाचार प्राप्त हुन्थ्यो । 

‘रेडियोले अन्तर्राष्ट्रिय समाचारका लागि मोनिटर पद व्यवस्था गरेको थियो,’ उनले भने, ‘मोनिटरले बीबीसी, भ्वाइस अफ अमेरिका, अलइन्डिया रेडियोको समाचार सुनेर नेपाली भाषामा अनुवाद गर्नुपथ्र्याे । अनुवाद गरिएका समाचार योग्य छन्, छैनन् भन्ने अन्तिम निर्णय न्युज डेस्कबाट हुन्थ्यो ।’ समाचारसम्बन्धी ज्ञान, अनुभव र पत्रकारिता विषयको शैक्षिक योग्यता नभई, मोनिटर अंग्रेजी भाषामा पोख्त हुनुपथ्र्यो । 

त्यतिबेला समाचार शाखामा कार्यरत एक÷दुईजनाबाहेक सबैजना करार सेवामा कार्यरत थिए । ०४६ पछि समाचार महाशाखाअन्तर्गत रिपोर्टिङ शाखा स्थापना भयो । सुरुमा अन्य शाखामा कार्यरत केही कर्मचारी र अधिकांश करारमा संवाददाता नियुक्त गरेर रिपोर्टिङ शाखा सञ्चालन भएको उनले बताए । रेडियोमा काम गर्ने जनशक्ति पाउन कठिन भएकाले त्यसताका पत्रकारिता पढेकै हुनुपर्छ भन्ने तोकिएको थिएन । 

रिपोर्टिङ शाखा स्थापना भएको केही वर्षपछि समाचार महाशाखामा स्थायी रूपमा पदपूर्ति गर्न ०५० मा अधिकृतस्तरको तीन समाचार सम्पादक र तीन संवाददाताका लागि खुला विज्ञापनमार्फत दरखास्त आह्वान गरियो । ‘त्यतिबेला प्राविधिकका रूपमा कार्यरत मैले पत्रकारिता विषयमा स्नातक तह उत्तीर्ण गरिसकेकाले आवेदन दिएँ । दुवैतर्पmको लिखित परीक्षामा मेरो नाम निस्क्यो,’ उनले विगत सुनाए, ‘दुवै पदका लागि लिखित परीक्षामा चार÷चारजनाको नाम प्रकाशित भयो । नाम निस्किएकाहरू रेडियोमै कार्यरत थिए । मौखिक परीक्षा सामना गर्नअघि धेरैले सोर्सफोर्सका लागि भनसुन गर्नुपर्छ, योग्यता छ भनेरमात्र हुन्न है भनेर सुझाए । यतिसम्म कि तराईवासी एक मित्रले २५ हजार रुपैयाँ बुझाए उनको सम्पर्क सम्बन्धमार्पmत जागिर पक्कापक्की हुने प्रस्तावसमेत राखे । तर, मैले अस्वीकार गरें ।’ 

त्यसताका सञ्चारमन्त्री विजयकुमार गच्छदार थिए । ती साथीहरू भनसुनका लागि सञ्चारमन्त्रीकहाँ जाने गरेकोसमेत सुनाउँथे । दुईमध्ये एकमा पक्कै पास भइएला भनेर उनी ढुक्क थिए । विनाभनसुन लिखितमा नाम निस्केकाले मौखिकमा पनि त्यसै होला भन्नेमा निश्चिन्त थिए । मौखिक परीक्षामा अन्तर्वार्ता लिनेमध्येका रामकृष्ण आचार्य (रासस) ले तपाईंको दुवैतिर नाम निस्केको रहेछ । कुनचाहिँ रोज्नुहुन्छ भनेर सोधेका थिए । समाचारसम्बन्धी काम गर्ने हो, जता भए पनि फरक पर्दैन भन्ने कूटनीतिक जवाफ दिए पनि उनलाई दुईमध्ये एक छान्न लगाइयो । उनले समाचार सम्पादन प्राथमिकतामा रहेको इच्छा व्यक्त गरे । नाम निस्केकामध्ये पत्रकारिताको शैक्षिक योग्यताधारी कोही थिएनन् । तर, दुवैतर्फ श्याम राईको नाम वैकल्पिक सूचीमा प्रकाशित गरियो । 

‘स्थायी पदपूर्तिका लागि सञ्चालित राई बान्तवा भाषाका परीक्षार्थीको उत्तरपुस्तिका जाँच्ने मलाई दिइयो,’ उनले त्यतिबेलाको रोचक प्रसंग सुनाए, ‘लिखित परीक्षाका लागि सोधिएकामध्ये एउटा नेपाली भाषाको समाचारलाई आ–आफ्नो भाषामा अनुवाद गरी समाचार बनाउनुपथ्र्यो । परीक्षार्थीले उत्तरको सुरुमा ‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस्’ भनेर आ–आफ्नो नाम लेखेका थिए ।’

‘तर पनि विचलित भइनँ,’ उनी ढुक्क थिए, ‘उमेर, जोश, जाँगर र उत्साह थियो ।’ रेडियो नेपालको जागिरे भए पनि राईले राससले अधिकृतस्तरको संवाददाताका लागि दरखास्त आह्वान गर्दा फाराम भरे । फाराम भर्न जाँदा कलेजका समकक्षी (जसले पत्रकारित पढेका थिएनन्) ले ‘ए तपाईंहरू पनि पो, हाम्रो कहाँ चान्स होला र ? भन्दै हरेश खाएका थिए । समकक्षीले नै त्यसो भनेपछि पत्रकारिता पढेर राम्रै गरिएछ भनेर उनलाई कम्ती खुसी लाग्दैनथ्यो । 

रेडियोको तात्कालिक नायव कार्यकारी निर्देशक महेश अधिकारीले आफ्नो कार्यकक्षमा उनलाई बोलाए । निर्देशक अधिकारीले यसपटक तपाईंलाई गर्न नसकिए पनि तपाईंले पत्रकारिता पढेको र समाचारमा काम गर्ने इच्छा भएकाले रेडियो नेपालले सुरु गर्न लागेको विभिन्न भाषाका समाचारमध्ये राई बान्तवा भाषामा काम गर्न सुझाए । रेडियो नेपाल निर्देशकले पनि उनलाई त्यहाँ ‘एडजस्ट’ गर्न चाहेका रहेछन् । मातृभाषाको सेवा हुने भएकाले उनले ‘ओके’ गरे । 

नभन्दै ०५१ भदौ १ गतेदेखि श्याम राई, चन्द्रकला राई र श्यामराज राई भएर काम थाले । त्यतिबेला रेडियो नेपालबाट नौ भाषामा समाचार प्रसारण हुन्थ्यो । प्राविधिक पदमै कार्यरत रही राई बान्तवा भाषामा समेत काम गर्नुपर्ने व्यहोरासहितको पत्र उनलाई थमाइयो । साबिक पदको तलब अतिरिक्त उनलाई थप भत्ता व्यवस्था गरिएको थियो । रेडियो नेपालले झन्डै अढाई वर्षपछि सबै भाषाका लागि स्थायी दरबन्दीमा नियुक्त गरी विभिन्न क्षेत्रीय प्रसारणबाट समाचार प्रसारण गर्ने निर्णय गर्यो । त्यसपछि धनकुटा क्षेत्रीय प्रसारण केन्द्रबाट राई बान्तवा भाषाको समाचार प्रसारण भयो । त्यसअघि सबै भाषाको समाचार सिंहदरबारमा रहेको रेडियो नेपाल स्टुडियोबाटै हुन्थ्यो । 

‘स्थायी पदपूर्तिका लागि सञ्चालित राई बान्तवा भाषाका परीक्षार्थीको उत्तरपुस्तिका जाँच्ने मलाई दिइयो,’ उनले त्यतिबेलाको रोचक प्रसंग सुनाए, ‘लिखित परीक्षाका लागि सोधिएकामध्ये एउटा नेपाली भाषाको समाचारलाई आ–आफ्नो भाषामा अनुवाद गरी समाचार बनाउनुपथ्र्यो । परीक्षार्थीले उत्तरको सुरुमा ‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस्’ भनेर आ–आफ्नो नाम लेखेका थिए ।’ कोडिङ गरिए पनि उत्तरपुस्तिका कसको हो भनेर थाहा हुन्थ्यो । उनले इमानदारीपूर्वक उत्तरपुस्तिका जाँचे । त्यहीअनुसार नतिजा प्रकाशित भयो । तर, पदपूर्ति समितिले बदमासी गरेछ । समितिले लिखित परीक्षामा सबैभन्दा कम अंक ल्याएकाको नामसमेत प्रकाशित गर्यो । अरूलाई थाहा नहुने भएकाले उनी चुपचाप बसे । ती परीक्षार्थी राई बान्तवाभाषी नभएर अन्य राई थिए । त्यसो भएपछि उनले उत्तर लेख्न सक्ने कुरै भएन । पछि पोल खुल्यो– एक नेताले ती परीक्षार्थीको नाम निकाल्न व्यवस्थापन पक्षलाई दबाब दिएका रहेछन् । अन्तर्वार्ता लिनेक्रममा श्याम राईले नेताका मान्छेलाई प्रश्न सोध्नै पर्यो । ‘तपार्इंलाई राई बान्तवा भाषा आउँछ ? परीक्षार्थीले अकमकिँदै बिस्तारै सिकिहाल्छु नि भन्ने उत्तर दिएको प्रश्नकर्ताले बिर्सेका छैनन् । 

राई बान्तवा भाषाको समाचारबाट पत्रकारिता सुरु गरेका श्याम राईले पछिल्लो समय सेवा परिवर्तनका लागि सञ्चालित आन्तरिक प्रतियोगितामार्पmत प्रतिस्पर्धा गरे । राईले समाचारवाचक हुँदै समाचार सम्पादकको भूमिकासमेत निर्वाह गरे । समाचार सम्पादकको भूमिकामा रहँदा उनले रेडियो नेपालबाट स्वदेश र विदेशमा तालिम गर्ने अवसर पाए । सबै उत्तिकै फलदायी रहे पनि जर्मनीमा अनलाइन जर्नालिजमसम्बन्धी लिएको तालिम प्रभावकारी रहेको उनको बुझाइ छ । 

रेडियो नेपालमा कार्यरत रहँदा राम्रो नराम्रो उनले दुवै अनुभव सँगाले । रेडियो सरकारमातहत रहेकाले कहिलेकाहीं पत्रकारिताको सिद्धान्तसँग सम्झौता गर्नुपर्दा उनलाई खल्लो लाग्नु अस्वाभाविक होइन । उनले नढाँटी भने, ‘काम गरे पनि नगरे पनि तलब मज्जाले पाइन्थ्यो ।’ तर, मुलुकको राजनीतिक अपरिपक्वता र अस्थिरताको मूल्य रेडियो नेपालले चुकाउनुपरेकोमा उनलाई निको लागेको छैन । उनले दुःखेसो पोखे, ‘पञ्चायतकालमा दरबारिया र प्रजातान्त्रिककालमा अदूरदर्शी र संस्कारविहीन राजनीतिक चरित्रको कुप्रभाव रेडियो नेपालले भोग्नसम्म भोग्यो । फलस्वरूप हिजोआज पनि रेडियो नेपाल तल न माथिको अवस्थामा छ ।’ राजनीतिक हस्तक्षेपका कारण रेडियो नेपालले योजनाबद्ध ढंगले अगाडि बढ्न कहिल्यै पाएन । आफ्नै नीतिमा प्रस्ट हुन नसक्दा रेडियो नेपाल न हाँस न त कुखुराको चालमा रहेको बताइन्छ । उनका अनुसार रेडियो नेपाल न पूर्ण सरकारी न त स्वायत्त संस्था नै बन्न सक्यो । 

पछिल्लो समय निजीस्तरमा सञ्चार (प्रकाशन तथा प्रसारण) माध्यम प्रशस्तै खुलेका छन् । बजार प्रतिस्पर्धी छ । तर, रेडियो नेपालसम्बद्ध जागिरे पत्रकारमात्रै भएकोमा उनी दुःखी छन् । त्यहाँ कार्यरत धेरै साथी नेपथ्यमा रहेर निजी क्षेत्रका सञ्चारमाध्यममा काम गर्दै आएका छन् । त्यसो हुन थालेपछि रेडियो नेपालका कारण प्राप्त अनुभव र वैदेशिक तालिमबाट हासिल गरेको व्यावसायिक सीप र कुशलता बाहिर सदुपयोग भएको उनलाई पटक्कै चित्त बुझेको छैन । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ