कोभिडका बिरामीको उपचारमा हेलचेक्रयाई नगर्न उच्च अदालतको आदेश
शुक्रबार, १४ जेठ २०७८, १९ : ००
![कोभिडका बिरामीको उपचारमा हेलचेक्रयाई नगर्न उच्च अदालतको आदेश](https://rpcdn.ratopati.com/media/albums/court-janakpur_IXGv4JeIAw.png)
उच्च अदालत जनकपुरले प्रदेश २ सरकारलाई जनताको स्वास्थ्यसँग खेलवाड नगर्न आदेश दिएको छ । प्रदेश २ मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याई नगर्न अदालतले आदेश दिएको हो ।
अधिवक्ता राजकुमार महासेठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको छ । न्यायाधीश डालकुमार खडकाको एकल इजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी हुँदाहुँदै बिरामीलाई अन्य अस्पतालमा नपठाउन समेत आदेश दिएको छ ।
अदालतले प्रादेशिक अस्पतालमा भएका कोभिडका बिरामीको विवरण प्रत्येक हप्ता बुझाउन समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान