पूर्वपत्नी रेखाको फिल्म हेर्न शिल्पा लिएर कुमारी हल पुगे छबि
काठमाडौं –निर्माता छबीराज ओझाकी पुर्व पत्नी हुन् अभिनेत्री रेखा थापा । छबिलाई छोडेर उनी अहिले एक्लै रहँदै आएकी छन् । रेखाले छोडेपछि छबि अर्की अभिनेत्री शिल्पासँग नजिक छन् । शिल्पा र छबीको बिबाह प्रसंगले बेलाबेलामा मिडियामा राम्रो स्थान समेत पाउने गरेको छ ।
यी नै छबि अभिनेत्री शिल्पा लिएर पुर्व पत्नी रेखाको चलचित्र हेर्न पुगेका छन् । सोमबार कुमारी चलचित्र भवन कमलपोखरीमा आयोजित ‘रुद्रप्रिया’को प्रिमिएर छबि शिल्पा सहित पुगेका हुन् ।
निर्धारित समयमै पुगेका छबि र शिल्पाले कार्यक्रममा रेखासँग समेत तस्बिर समेत खिचाएका छन् । रेखा अलग्गिए पछि छबिले आफ्नो प्रोडक्सनमा शिल्पा भित्र्याएका हुन् ।
धेरैले शिल्पालाई अर्की रेखा पनि भन्ने गरेका छन् । कार्यक्रममा रेखासँग तस्बिर खिचाउन शिल्पाले केही संकोच समेत मानेकी थिइन् । छबि भने घरी रेखासँग र घरी शिल्पासँग देखिन्थे । कार्यक्रममा छबि यताउती लाग्दा शिल्पा एक्लै देखिन्थिन् ।
२ कात्तिक लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमिएरमा अभिनेता आर्यन सिग्देले भने केही ढिलो पुगेका देखिए । कार्यक्रममा उनको उपस्थितीमा दर्शकको खासै चाम देखिएन ।
प्रिमिएरमा चलचित्र युनिट रेखा आर्यनको अलवा राजन इशानसँगै निर्देशक सुदिप भुपाल सिंह र कार्यकारी निर्माता रमेश एमके पौडेलको पनि उपस्थिती थियो ।
चलचित्र हेर्न भने दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा, हेमराज विसी, असोक शर्मा, ज्ञानेन्द्र देउजा, नवल नेपाल, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला समेत कुमारी चलचित्र भवन पुगेका थिए ।
प्रिमियरमा ‘रुद्रप्रिया’ उत्कृष्ट भन्ने देखि आफुलाई मन परेन भन्ने सम्मका दर्शक भेटिए । ‘रुद्रप्रिया’ सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् ।
राजराज सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको चलचित्र रेखा फिल्मसको ब्यानरमा निर्माण भएको हो । रेखा थापा प्रस्तुकर्ता रहेको चलचित्रलाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । चलचित्रले प्रेम र रोमान्सको बिषय बोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट