शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

खोप उत्पादक कम्पनीहरुले प्रतिबद्धता अनुसार खोप नदिँदा योजना नै प्रभावित भयो : प्रधानमन्त्री

शुक्रबार, १४ जेठ २०७८, १६ : ३०
शुक्रबार, १४ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले  खोप उत्पादक कम्पनीहरुले प्रतिबद्धता अनुसारको खोप उपलब्ध नगराउँदा समस्या भएको बताएका छन्  । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले विकासशील देशहरूका लागि खडा गरिएको कोभ्याक्स एलायन्सको समग्र योजना नै प्रभावित भएको उल्लेख गरे ।

नेपालले हालसम्म ३२ लाख २८ हजार अनुदानमा  खोप पाएको र १० लाख मात्रा खरिदबाट खोप लगाएको बताउँदै दोश्रो मात्राको कोभिड खोप जसरी पनि गरिनेमा निश्चिन्त हुन आग्रह गरे ।

उनले कोरोनाबाट विकासशील राष्ट्रमाथि बढी मार परेको उल्लेख गर्दै खोप अभावका कारण विकासशील राष्ट्र बढी समस्यामा रहेको बताए । उनले आज खोपको असमान वितरण विश्वव्यापी बहसको विषय बनेको बताउँदै विकसित देशहरुले उत्तरदायित्व बहन गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले भने–‘जी ७ र जी २० अनुसार विकसित देशहरुले विकासशील राष्ट्रहरूमाथि गर्नुपर्ने अन्र्तराष्ट्रिय दायित्व वहन गर्न आवश्यक छ । हामी सबै सबै सुरक्षित नभएसम्म अरु सुरक्षित हुन नसक्ने कुरामा जोड दिन चाहन्छु ।’

उनले जनस्वास्थ्यको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई स्वीकार गर्न नसकिने बताए । यस्तै १ लाख १६ हजार ४ सय जना होम आइसोलेशनमा बसेर उपचार गराइरहेकाहरुलाई स्वास्थ्य लाभको कामना गरेका छन् भने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप