आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

भेरी अस्पताल आक्रमण : कालो दिनको घोषणा गर्दै कालोपट्टी बाँधेर काम गर्न आग्रह

शुक्रबार, १४ जेठ २०७८, १४ : ४२
शुक्रबार, १४ जेठ २०७८

नेपाल चिकित्सक संघले भेरी अस्पतालमा डाक्टर तथा नर्समाथि भएको आक्रमणलाई कालो दिनको घोषणा गरेको छ । डाक्टर तथा नर्समाथि भएको आक्रमणलाई शुक्रबार अर्थात आज एक दिन कालोपट्टी बाँधेर काम गर्न सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरको छ ।

नेपाल चिकित्सक संघले बिराट मेडिकल कलेज विराटनगरमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाको एक हप्ता नबित्दै पुनः भेरी अस्पतालमा भएको दुःखद घटनाले संघ मर्माहत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

ज्यान जोखिममा राखी बिरामीहरुको सेवामा समर्पित चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई दुव्यर्वहार र कुटपिट जस्ता अवाञ्छित क्रियाकलापहरूले असुरक्षित वातावरण हुँदै गएमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण गएको  महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै नेपाल नर्सिङ संघले पनि घटनाको विरोध गरेको छ  ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप