भेरी अस्पताल प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भइसक्यो : गृह मन्त्रालय

बिहीबार राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृहमन्त्रालयले जनाएको छ । घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ ज्लिलामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारवाही गरिसकेको र कोभिड बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमाथि हुने यस प्रकारका घटना घट्न नदिन, दोषीलाई कानुन बमोजिम कारवाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत दिइसकिएको जानकारी पनि दिएको छ ।
भेरी अस्पतालमा वार्डमा नै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको घटना प्रति गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता