मन्त्रालयले भन्यो –स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही होस्
शुक्रबार, १४ जेठ २०७८, १३ : ५२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको माग समेत गरेको छ ।
‘यसरी कहीँकतै कसैले कुनैपनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ’, स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
-
शिक्षक-प्रहरीको झडपमा पत्रकार घाइते
-
वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
-
झुठो आरोप लगाउनेहरूलाई प्रधानमन्त्रीकाे प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?
-
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?