एमाले प्रदेश कमिटी सदस्यमाथि चिकित्सक र नर्सहरू कुटपिटको आरोप, काँग्रेसद्वारा कारवाहीको माग

गत राति भेरी अस्पताल नेपालगञ्जका चिकित्सक र नर्सहरूमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न लुम्बिनी प्रदेशसभाको नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले डाक्टर र नर्समाथि आक्रमण एवं अस्पताल तोडफोडको घटना अत्यन्त निन्दनीय, घृणित, निर्लज्ज एवं घोर अपराधिक कार्य भएको ठहर गरेका गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कोभिड–१९ को महामारी बेला अहोरात्र नागरिकको सेवामा खट्नुहुने स्वास्थ्यकर्मीहरुको मनोबल झनै उच्च राख्नुपर्नेमा जिम्मेवार प्रमुख राजनैतिक दलको व्यक्तित्वबाट नै स्वास्थ्यकर्मीहरूमाथि भएका यस घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको गर्न माग गर्दछु, प्रेस विज्ञप्तिमा भनिएको छ ।
गएराति नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर रावत लगायतले स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोप लागेको छ । कोरोना संक्रमित ५४ वर्षीय व्यक्तिको उपचारका क्रममा निधन भएपछि चिकित्सक र नर्समाथि आक्रमण भएको थियो । घटनाको चौतर्फी विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता