सरकारी चिकित्सक संघद्वारा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

सरकारी चिकित्सक संघ(गोदान)ले भेरी अस्पतालको कोभिड आइसियु कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले महामारीको समयमा कठिनाइका बाबजुद निरन्तरता दिइरहेका बेला उपचारमा बाधा पुर्याउने, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूमाथि हातपात, गालीगलौज र ज्यान मार्ने प्रयास गरी अमानवीय हर्कतप्रति गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घोर भत्सर्ना गरिएको छ ।
शुक्रबार जारीको विज्ञप्तीमा गोदानले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्बन्धित अपराधीलाई हदैसम्मको अपराध मुद्दा चलाइ कडा कारबाही गर्न समेत सरकारसँग माग समेत गरेको छ । यस्तै गोदानले ‘गैर जमानती हिरासत’को नियम तत्काल लागू गर्न सरकार आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता