सभापति देउवाद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग
शुक्रबार, १४ जेठ २०७८, १३ : ३८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भर्त्सना गरेको छ । विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा