बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

मङ्गलबार, ३१ असोज २०७४, ११ : २५
मङ्गलबार, ३१ असोज २०७४

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा मुम्बईमा जन्मिएका संजयले सन् १९९५ मा रिलिज भएको फिल्म ‘प्रेम’ बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्म ‘राजा’ मा माधुरी दिक्षितसँग स्क्रिन सेयर गर्ने संजय कपूर एकपटक पुनः टिभीमा फिर्ता हुँदैछन् । अक्टोबर २३ तारिखदेखि उनको याँ कार्यक्रम ‘दिल सम्भल जा जरा’ सुरु हुँदैछ । यो कार्यक्रममा संजय स्मृति कालरा र निक्की अनेजासँग उनी रोमान्स गरिरहेको देख्न सकिन्छ ।

संजय कपूर करिब १४ वर्षपछि पुनः टेलिभिजनमा देखिनेछन् । यसअघि उनले सन् २००३ मा कार्यक्रम ‘करिश्माः द मिरेकल्स अफ डेस्टिनी’ मा काम गरेका थिए ।

संजय कपूरको नयाँ शो ‘दिल सम्भल जा जरा’ एउटा यस्ता व्यक्तिको कहानी हो जो आफूभन्दा कम उमेरका युवतीसँग प्रेम र विवाह गर्दछन् । यद्यपी, यसैबिच उनको सम्बन्ध आफ्नै श्रीमतीकी आमासँग पनि बन्ने गर्दछन्  । यो शोमार्फत् निक्की अनेजा पनि लामो समयपश्चात् टेलिभिजनमा देखिनेछन् । उनी स्मृति कालराकी आमाको भूमिकामा देखिनेछिन् ।

यो सिरियलका निर्माता विक्रम भट्ट हुन् र शोको टाइटल ‘दिल सम्भल जा जरा’ फिल्म ‘मर्डर टु’ को गीतबाट लिइएको हो ।

फ्लप फिल्मका कारण समाप्त भयो करियरः

सन् १९९५ मा माधुरी दिक्षित र संजय कपूरको फिल्म ‘राजा’ सुपरहिट रह्यो । त्यसपछि संजय कपूरलाई फिल्मका विभिन्न अफर आए र उनले सन् १९९६ मा नै तीन फिल्म बेकाबू, मोहब्बत र औजारमा काम गरे ।

यद्यपी, यी तीन फिल्म नराम्ररी फ्लप भयो । यसैबिच उनको लरखराएको करियलाई सन् १९९७ मा रिलिज भएको फिल्म ‘सिर्फ तुम’ले थोरै सहारा दियो । तर त्यसपछि उनका कुनै पनि फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप