बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आठ वर्षपछि पाकिस्तान फर्कन श्रीलंकाली क्रिकेट टोली तयार

मङ्गलबार, ३१ असोज २०७४, ११ : ०९
मङ्गलबार, ३१ असोज २०७४

इस्लामावाद । सन् २००९ मा लाहोरमा टोली चढेको बसमाथि भएको आतंकवादी हमलापछि श्रीलंकाली क्रिकेट टोली पहिलो पटक पाकिस्तानी भूमिमा खेल्न तयार भएको छ । 

पाकिस्तानले प्रस्तुत गरेको सुरक्षा योजनाप्रति सन्तुष्ट भएपछि श्रीलंकाले पाकिस्तानमा गएर खेल खेल्न तयार भएको हो ।

दुई टोली अक्टोबर २९ मा लाहोरको गद्दाफी स्टेडियममा एउटा अन्तर्राष्ट्रिय टी–२० खेलका लागि भेट्नेछन् ।

श्रीलंकाको टोलीमाथि आतंकवादी हमला भएपछि अन्य देशहरुले पाकिस्तानमा खेल्न अस्वीकार गर्दै आइरहेका छन् । उक्त घटनामा ६ जना प्रहरीले ज्यान गुमाएका थिए भने श्रीलंकाका कयौँ खेलाडी र प्रशिक्षक घाइते भएका थिए ।

श्रीलंका यतिबेला पाकिस्तानको भ्रमणमा रहेको छ तर, श्रृंखलाका अन्य खेल युएईमा भइरहेको छ । सन् २००९ पछि पाकिस्तानले युएईलाई ‘घरेलु मैदान’ को रुपमा प्रयोग गर्दै आइरहेको छ । 

पाकिस्तानमा खेलिने खेल श्रृंखलाको अन्तिम खेल हुनेछ ।

सन् २०१५ मा जिम्बावेले पाकिस्तानमा ३ एकदिवसीय र दुई टी–२० खेल खेले पनि लाहोर स्टेडिम बाहिर भएको आत्मघाती बम हमला भएको कारण ओझेलमा परेको थियो ।

गत महिना पाकिस्तानले विश्व ११ सँग तीनवटा टी–२० को खेल आयोजना गरिएको थियो ।

त्यतिबेला खेलाडीहरुलाई राष्ट्रप्रमुखले पाउने स्तरको सुरक्षा प्रदान गरिएको खेलमा संलग्न इंग्ल्याण्डका पूर्व खेलाडी पाउल कलिङवुडले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप