हुन्डीको ५३ लाखसहित २ जना पक्राउ
बिहीबार, १३ जेठ २०७८, १९ : १८
पर्साको वीरगञ्जबाट प्रहरीले हुन्डीको ५३ लाख सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका घर भएका शिव आनन्द गुप्ता र पर्साको बीरगञ्ज महानगरपालिका घर भएका प्रकाश जैसवाल छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगञ्ज महागरपालिका–८ मा डेरामा बस्ने २६ वर्षीय शिव आनन्दको डेराबाट २९ लाख ८० हजार अवैध हुन्डीको रकम बरामद गरेको छ । बीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई हुन्डी रकम बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट २४ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूमाथि पनि छिट्टै अतिरिक्त कर लगाउँदै अमेरिका
-
अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
भारतीय अमेरिकी संगीतकार चन्द्रिका टन्डनले जितिन् ग्रामी अवार्ड
-
जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियो, ममर्तबारे छलफलमा निगम
-
निकासी पैठारी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता
-
मेरी आमाको दुर्घटना र मेरो जन्म