शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो बटालियनका(२ आर जी आर) गोर्खा सैनिकहरुले गरे सुल्तान पार्कमा सरसफाई (फोटोफिचर)

मङ्गलबार, ३१ असोज २०७४, ०९ : १२
मङ्गलबार, ३१ असोज २०७४

बेलायतको ब्रुनाई स्थित प्रसिद्ध एक पार्कमा सामूहिक सरसफाई अभियान गरिएको छ ।

वेलायत सैनिक अन्तर्गत गोर्खा सैनिकको दोस्रो बटालियनका  (२ आर जी आर) सदस्य गोर्खा सैनिक र स्थानीयले मिलेर अक्टोबर १४ (शनिबार) ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकिय स्थल सुल्तान पार्क सरसफाई अभियान कार्यक्रम गरेको हो । 

उदेश्य
समाजसेवी नगेन राई नग्सको अगुवाईमा ब्रिटिस आर्मी गोर्खा सैनिकहरु र ब्रुनाईबासीबीचको पारस्पारिक सामाजिक सम्बन्ध थप सुधार गर्ने र समुदयामा सकारात्मक सन्देश जाओस भन्ने उदेश्यले सरसफाई अभियान कार्यक्रम गरिएको समाजसेवी नगेन राइले बताए । 

को हुन् नगेन राई नग्स ?
नगेन राई नग्स २२ बर्षदेखि व्रिटिस आर्मि गोर्खा सैनिमा आवद्ध छन । 


एक सकारात्मक सोच र सकारात्मक अभियानकर्ताको रुपमा समाजसेवा गर्दै आएका उनले गरिब दुखि र थुप्रै संघसस्थालाई पनि सहयोग गर्दै आईरहेका छन् । 
नगेनले नेपाल स्थित धनकुटा हिलेमा बालिकालाई निशुल्क अध्ययन पनि गराएका छन् । उनले सम्पुर्ण पढाई खर्च बेहोर्दै आएका छन् । सामाजिक कार्यलाईनै आफ्नो उदेश्य रहेको बताउने नगेन भन्छन्, 'सकारात्मक सोचले मात्रै परिवर्तन गर्न सकिन्छ, समाज परिवतर्न गर्ने हाम्रै हातले हो ।'

विश्वमा वीर गोर्खालीको नामले चिनिने बहादुरी, पराक्रमी र इमान्दार नेपालीलाई त्यहाँको समुदायमा थप सामाजिक उतरदायी सावित गराउन सामुहिक सरसफाई अभियानले टेपा पु¥याउने बताइएको छ । 

-वेलायत सैनिक अन्तर्गत गोर्खा सैनिकों दोस्रो बटालियन ब्रुनाईमा छन् । 

-दुई देशका नागरिकबीच सम्बन्ध सुधार तथा आत्मीयता बिस्तारका लागि यस अभियान उदाहरणीय बन्ने विश्वास रहेको  (२ आर जी आर) गोर्खा सैनिकहरुको भनाई छ । 

-नग्स राईको अगुवाईमा भएको कार्यक्रममा बाटालयनका सम्पुर्ण सदस्यहरुको साथ थियो । 

-यस पल्टनका गोर्खा मेजर गजेन्द्र आङ्देम्बे र पल्टन सार्जन्ट मेजर सँगम राईले नगेनको अभियानलाई सुरुदेखिनै सधैं हौसला, उत्प्रेरित गरिरहेका छन् भने अर्का मुख्य सहयोगी डिल्लिराम राइ रहेको नगेनले बताए । 

-सरसफाई अभियान कार्यक्रममा २ सय भन्दा बढीको सहभागीता थियो ।

-यस कार्य देखेर स्थानीयलगायत सम्पूर्ण नागरिक खुशी हुनुका साथै  सकारात्मक प्रतिकृया दिएका थिए । 


-त्यहाँ स्थित एक चर्चित न्युज बुलेटिन ब्रुनाई बुलेटिनले प्राथमिकताका साथ उक्त कार्यक्रमको समाचार प्रकाशित गरेको छ । 

सकारात्मक परिवर्तनका लागि सुरु गरिएको दुई देशबीचका नागरिकको पहल आगामी दिनमा पनि जारी रहने र सहयोग गर्न सरोकारवाला र सबैमा आग्रह पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप