मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्क तथा वित्तीय संस्थाले लघुवित्तको सेयरमा लगानी गर्न नपाउने

बुधबार, १२ जेठ २०७८, ११ : ३५
बुधबार, १२ जेठ २०७८

बैङ्क तथा वित्तीय संस्थाहरुले एक वर्षभन्दा लामो अवधिका लागि मात्र सेयर तथा ऋणपत्रमा लगानी गर्न पाउने छन् । सेयर खरिद गरेको एक वर्ष पुरा भएपछि लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्म मात्र बिक्री गर्न सक्ने छन् । 

यसअघि लगानी गरेको भए २०७९ असार मसान्तभित्र बिक्री गर्न नयाँ व्यवस्थाले रोक लगाएको छैन । अबदेखि विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि बाहेक लघुवित्त संस्थाको सेयरमा लगानी गर्न पनि पाइने छैन । यसअघि गरेको भए पुस महिनाभित्र बिक्री गरिसक्नु पर्ने छ । उनीहरुले कुनै पनि किसिमको प्रबन्धबाट अल्पकालीन लगानी गर्न पाउने छैनन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप