शिक्षकको हत्या प्रकरण : करिब २ वर्षपछि पक्राउ परेका आरोपी एक सातमै रिहा

सप्तरीमा एक शिक्षकको हत्या गरी फरार भएका आरोपी पक्राउ परेपनि साता दिनमै रिहा भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा भएको दुई वर्ष पहिले एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले हत्या गरेको थियो ।
शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको हत्या गरेको आरोपमा पक्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरेपनि आरोपित सुभाषचन्द्र यादवलाई पक्राउ परेको करिब २ वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी छन् ।
जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख रुपैयाँ धरौटी भुक्तानी गरि वडा नम्वर ७ कै ४० वर्षीय आरोपित टुनटुन भनिने सुभाष चन्द्र यादव छुटेका हुन् । न्यायाधीश प्रेमबहादुर न्यौपानेको आदेशमा हत्याका आरोपी यादव धरौटी भुक्तानी गरि रिहा भएको अदालतका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए ।
वि.सं. २०७६ असार १० गते विहान २ बजे तिरहुत गाउँपालिका वडा नम्बर २ स्थित गोइठी घर भई राजविराज नगरपालिका वडा नम्बर २ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको थियो ।
छोरालाई ८ जनाको समूहले कुटपिट गरी हत्या गरेको भन्दै मृतक बिराजीका बुवा उपेन्द्रप्रसाद यादवले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । असार १२ गते उजुरी दर्ता भएसँगै प्रहरीले घटना अनुसन्धान सुरु गरेका थिए ।
यही जेठ ४ गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । उनले भने– ‘हामीले पक्राउ गरेपछि यादवलाई सम्मानित जिल्ला अदालतमा पेश गरेका छौं ।’
यसअघि पनि गत चैत ५ गते प्रहरीले सोही घटनाका आरोपित मध्ये राजविराज नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय श्रवण कुमार महेतालाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ८ स्थित तीनकुनेबाट पक्राउ गरेका थिए ।
आरोपित महेता पनि धरौटीमै छुटिसकेका छन् । गत चैत ३० गते सोही अदालतबाट भएको आदेशानुसार मेहताले २ लाख रुपैयाँमा धरौटी भुक्तानी गरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए । घटनाका अन्य ५ जना आरोपित भने अझै फरार नै छ । फरार रहेका आरोपितको खोजी कार्य भइरहेको छ सप्तरी प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय
-
‘गणेश थापालाई कारबाहीका लागि फिफा, एएफसी, अख्तियारलगायतका निकायमा पत्रचार गर्ने’
-
मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम
-
प्रकृतिको मृत्यु प्रकरणबारे के भइरहेको छ ?
-
एन्फाको नियमित साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाखको बजेट प्रस्तुत गरिने
-
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम, उत्पादन वृद्धि हुने विश्वास