पोखरामा अन्तर्राष्ट्रिय स्तरको पढाइ सुरु गर्न लागेको फिस्टेलले थाल्यो अन्तक्रिया

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न लागेको फिस्टेल एकेडेमीले अभिभावकको सुझाबका लागि छलफल थालेको छ । १८ रोपनी क्षेत्रफलमा पोखरा बिरौटामा सुविधा सम्पन्न भवन बनाएको फिस्टेलले थप २२ रोपनी जमीनमा खेलमैदान समेत सञ्चालनमा ल्याउन लागेको छ ।
कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन असम्भव भएकाले जुममार्फत अभिभावकहरूसँग छलफल थालिएको संस्थापक निर्देशक चिनु रानाभाटले बताए । उनले विश्वका धेरै मुलुक भ्रमण गर्दा त्यहाँ सफल भएको शिक्षालाई पोखरामा सञ्चालन गर्ने सोचाइ बनाएर आवस्यक योजना बनाएको बताए ।
पोखराबाट धेरै अभिभावकले छोराछोरीलाई गुणस्तरीय शिक्षाका लागि काठमाडौं र भारतका विभिन्न सहरमा पठाउने गरेको अवस्थामा पोखरामै अन्तर्राष्ट्रियस्तरको विद्यालय सञ्चालनको जमर्को गरेको रानाभाटले बताए । ‘युग सुहाउँदो प्रगतिशील शिक्षाका लागि हामीले जनशक्ति जुटाएका छौं’ उनले भने । ‘शिक्षा र अतिरिक्त क्रियाकलापका लागि हामी कुनै सम्झौता गर्दैनौं, अभिभावकको चाहनाअनुसार गुणस्तरीय शिक्षा दिन्छौं ।’
कक्षा सुरु हुनु अगाडि अहिले शिक्षकहरुलाई न्युजिल्यान्ड र काठमाडौंको टिमले तालिम दिइरहेको उनले जानकारी गराए । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक रानाभाट बताउँछन् । फिस्टेलले यस वर्षदेखि नै साइन्समा ११÷१२ को कक्षासमेत सञ्चालन गर्दै छ ।
प्रिन्सिपल विशाल क्षेत्रीले शैक्षिक क्षेत्रमा हालसम्म आर्जन गरेको ज्ञान सदुपयोग गर्दै गुणस्तरीय शिक्षाका लागि आफू लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।‘गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि विद्यालय तथा अभिभावकबीच नियमित संवाद जरुरी हुन्छ, यसमा हाम्रो जहिले पनि प्राथमिकता रहन्छ’ उनले भने ।
सेन्ट जोसेफ स्कुलमा पढेका क्षेत्री यसअघि काठमाडौंको प्रिमियर इन्टरनेसनल कलेजमा कार्यरत थिए । काठमाडौं उपत्यका मात्र नभएर पूर्वदेखि पश्चिमसम्म नाम चलेका स्कूलहरुमा समेत उनले काम गरिसकेका छन् । आगामी शैक्षिक सत्रका लागि यही जेठ १३ गते प्रवेश परीक्षा हुनेछ । कोरोना महामारीका कारण प्रवेश परीक्षा भर्चुअल नै गर्न लागेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा अभिभावकहरु किरण केसी, बन्दना केसी, गोपि भट्टराई, सुहानिका अग्रवाल, सुजन कायस्थ, दीपक आचार्य, पत्रकार रमेश पौडेल, दीपेन्द्र श्रेष्ठ लगायतले जिज्ञासा राख्नुका साथै सुझाव समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म