बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टहराको खुसी आगोले खायो, बिचल्ली परिवार गर्छन्  सहयोगको याचना

सोमबार, ३० असोज २०७४, २१ : १३
सोमबार, ३० असोज २०७४

राधिका भुसाल
प्यूठान – सबैको घर –घरमा बडा दशैंको लागि खसी बोका काट्ने, घर पोत्ने रमझम थियो । तर, उता इमान सिंह पुनको घरमा भने दशैंको अगावै दशा लाग्यो ।

आश्विन १२ गतेका दिन बिहानको खाना पकाउँदै गर्दा खरले छाएको सानो झुपडीमा आगो लाग्यो अन्नपात, लत्ताकपडा, नगद गरी करिव १ लाख ६० हजार बराबरको क्षति भयो घरमा १५ दिन सुत्केरी छिन् मुटु भक्कानो बनाउँद मगरले भने – ‘अहिले बुबा छोराछोरी र १५ दिनको सुत्केरी श्रीमती अर्कैको घरमा आश्रय लिएर बसेका छौं ।’ 


प्यूठान नगरपालिका ६ माझकोटको आमधारा निवासी इमान सिंहको परिवार यतिवेला केही कतैबाट राहत आउँछ भन्ने आसामा दिनहरु विताउँदै छन् । लगाएको कपडा बाहेक उनीहरुसंग केही छैन् । छरछिमेकीको केही सहयोगले कहिले आधापेट खान पाएको त कहिले भोकभोकै बस्नु परेको पीडित मगरले बताए । 


‘अहिलेसम्म ३ पटक भयो घरमा अगो लागेको स्थानीयबासी छविलाल बुढामगरले भने–‘खरले छाएको छाना भएर पटक पटक आगोले सखाप पार्ने गरेको छ । केही सहयोग जुटाएर जस्ता लगाइदिन पाए यति धेरै जोखिम हुने थिएन होला ।’ अहिले पीडित मगरको परिवारमा जुन बिजोग छ त्यो देखेर राम राम भन्ने धेरै छन् तर राहत भने कतैबाट जुट्न सकेको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप