कपिलवस्तु गाेली काण्ड : उपचारकाे क्रममा माओवादी नेताको मृत्यु

कपिलवस्तुमा गोली प्रहार गरिएका नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीका अनुसार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको हो ।
गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा पाण्डेमाथि गोली हानिएको थियाे । गोली लागेर पाण्डेसहित दुईजना घाइते भएका थिए । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका थिए ।
पाण्डेसहित ३ जना लु.९ प. ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले पेस्तोलबाट ३ राउण्ड गोली हानेर भागेका थिए । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।
पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले जसपाका जिल्ला नेतालाई जेठ ८ गते पक्रेको थियाे । कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी भण्डारीले रातोपाटीलाई बताए । ओमप्रकाश जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य हुन् । उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पाखियालाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाको बदलिँदो राजनीतिका बाछिटा
-
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै
-
नेपाली कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची