मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं टिकाको विहे गरेका छोर बेपत्ता भएपछि  बाबुआमा हेरखोर–पुजापाठतिर

सोमबार, ३० असोज २०७४, १९ : ४१
सोमबार, ३० असोज २०७४

प्रेम सुनार
गुल्मी – अर्घाखाँचीको पणेनी गाउँपालिकामा विवाहको एकहप्ता नवित्दै बेपत्ता भएका छोराको खोज तलासमा तड्पीएर बसेका बाबु आमाले चिना हेराउने पण्डित देखि धामी झाँक्रि गराएर मन बुझाई रहेका छन् । 

पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाट बेपत्ता भएका हुन् ।

                   
उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ बर्षिया विष्णु घिमिरेसंग असोज १६ गते दशै टिकाको तेश्रो दिन विवाह गरेका थिए ।  श्रीमान बेपत्ता भएको पिडा खप्न नसकेर विरामी भएकी नवदुलही आज नवौं दिनको दिन सन्धीखर्कस्थित जिल्ला अस्पतालमा भर्ना भएकी छन् । 

अस्पतालको शैयामा गलाअवरुद्ध पार्दै  लौनौ मेरो उहाँलाई खोजि दिनुस भन्दै उनले ढाको छाडिन् । ‘उहाँ वेपत्ता भएका दिन देखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन्’ उनले भने,  उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न ।’  विवाह भएको  चार पाँच दिनमै मैले यो अवस्था भोग्नु पर्यो, उनले भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् ।’

उनले थपे–‘ यसरी ग्रहदशा कटाए पछि दाजु भेटिनु हुन्छ भनेका छन् पण्डितले हेरौं कस्तो हुन्छ ।’

 
आज यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’, भट्टराईले भने, ‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’
यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए ।

वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिनपछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् ।
त्यहाँबाट अलि माथिसम्म हिँडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यसअघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् ।

सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाएपछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ ।


उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । ‘मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो, त्यसपछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन् ।
रहस्यमय बन्दै गएको घटनामा प्रहरीले भने साथ नदिएको परिबारको आरोप छ । 

परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम, प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् ।

जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थायी शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप