मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा बाबुराम : काँग्रेस र नयाँ शक्तिबीच तालमेलबारे छलफल

सोमबार, ३० असोज २०७४, १८ : ४३
सोमबार, ३० असोज २०७४

काठमाडौँ । बाम लोकतान्त्रिक गठबन्धनसँग ‘सम्बन्धविच्छेद’ गरेर नयाँ शक्तिले नेपाली काँग्रेससँग चुनावी तालमेलका लागि छलफल अघि बढाएको छ ।

सोमबार साँझ नयाँ शक्ति र नेपाली काँग्रेसबीच चुनावी तालमेलका लागि छलफल भएको हो ।

बालुवाटारमा काँग्रेसको संसदीय बोर्डको बैठक चलिरहँदा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई बालुवाटार पुगेका थिए ।

नयाँ शक्तिका एक नेताले दिएको जानकारी अनुसार आज काँग्रेससँग तालमेलका बारेमा प्रारम्भिक छलफल भएको छ । यस विषयमा थप छलफल गर्दै अघि बढ्ने सहमति भएको ती नेताले रातोपाटीलाई बताए ।

गोरखाको क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने ईच्छा व्यक्त गरेका डा. भट्टराईलाई बाम गठबन्धनले त्यहाँ चुनाव लड्न नदिने भएपछि उनी रुष्ट बनेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रले आफूलाई ‘हेपेको’ भन्दै डा. भट्टराईले केही दिनअघि आफ्नै चुनाव चिन्ह लिएर गोरखा २ बाट लड्ने घोषणा गरेका थिए ।

त्यसपछि बाम गठबन्धनलाई काउन्टर दिन उनले गोरखामा काँग्रेससँग तालमेलका लागि छलफल अघि बढाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप