बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजश्व विभागको अनुगमनमा छ सय करदाता कारबाहीमा

सोमबार, ३० असोज २०७४, १८ : ५३
सोमबार, ३० असोज २०७४

काठमाडौं –आन्तरिक राजस्व विभागले आफूअन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागअन्तर्गत ३६ कार्यालयबाट गत भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट तीन तीन टोली परिचालन गरिएको विभागले जनाएको छ ।

भदौ २७ देखि हालसम्म कारोबारस्थलमै गरिएको आकस्मिक अनुगमनमा ४ सय ४२ टोलीबाट तीन हजार ९ सय ५ करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६ सय १५ करदातालाई जरिवाना तथा अन्य कानुनी कारबाही गरिएको विभागले जनाएको छ । 

अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरिएको छ । 

अनुगमन टोलीले नक्कली स्टिकर र अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरण पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, बिलविजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकाले कारबाही गरिएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप