बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डुम्रे बजारमा खालबाटै जुवाडेको समुह३ लाख रुपैयाँसहित पक्राउ

सोमबार, ३० असोज २०७४, १७ : ५२
सोमबार, ३० असोज २०७४

तनहुँ –जिल्ला प्रहरी कार्यालय तनहुँले गोप्य रुपमा जुवा तास खेलिरहेको खालबाट ठुलो परिणामको नगद सहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । 
  
जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रे बजार स्थित भक्त बहादुर गौतमको घरमा अवैध रुपमा जुवा तास खेल भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी टोली खटी लुकिछिपी जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले आइतबार राती नै छापा मार्दा नगद सहित ७ जना पक्राउ परेका हुन् । 
 
प्रहरीले दिएको जानकारी अनुसार जुवाखालबाट नगद ३ लाख २२ हजार ४ सय ५० रुपैयाँ, तास १ सय ५९ पत्ती, कम्मल १ थान र दरी १ थान समेत बरामद गरेको छ ।

 यसरी जुवा खालबाट पक्राउ पर्नेहरुमा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने घरधनी वर्ष ४२ का भक्त बहादुर गौतम, बन्दिपुर १ बस्ने वर्ष ४२ को अमर बहादुर गुरुङ, बन्दिपुर १ बस्ने वर्ष ३५ को रमेश खड्का, बन्दिपुर १ बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठ, बन्दिपुर १ बस्ने वर्ष २९ को शिव तामाङ, बन्दिपुर १ बस्ने वर्ष ५२ को बुद्द श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २८ को नन्दराज कुमाल रहेका छन् । 

पक्राउ परेका व्यक्तिहरुलाई सोमबार जुवा ऐन २०२० अन्तर्गत कानुनी कारवाही प्रक्रिया अघि बढाइने तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले बताए । नेपालीहरुको दोस्रो महान पर्व दीपावली नजिकिदै गर्दा जुवा तास खेल्ने संम्भावित क्षेत्रहरुमा तनहुँ प्रहरीले कडाई गर्न थालेको छ । 

कडाइ गर्ने थालेसंगै जुवाडे पक्राउ पर्न थालेका छन । गत शुक्रबार तनहुँ सदरमुकाम दमौली बाट झण्डै ३ लाखसहित ६ जना जुवाडे जुवाखालबाट पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप